नेपाललाई दोस्रो सफलता, अर्धशतक बनाएका जोनसन भीम सार्कीको बलमा रनआउट
काठमाडौं : क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ।
६५ रन बनाएर खेलेका एरोन जोनसनलाई भीम सार्कीको बलमा विकेटकिपर आशिफ शेखले रनआउट गरेका हुन्।
यसअघि आकाश चन्दले आफ्नो डेब्यु खेलमा पहिलो विकेट लिएका थिए। उनले नवनित दलिवाललाई विकेटकिपर आशिफ शेखको हातबाट क्याचआउट गराएका हुन्।
विकेट नझरिरहेको समयमा आकाशले नेपालका लागिसमेत ब्रेकथ्रु दिलाएका थिए।
टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले २४ ओभरको समाप्तीमा दुई विकेटको क्षतिमा १२८ रन बनाएको छ।
माघ २७, २०८० शनिबार ११:१९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।