एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार

एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार

काठमाडौं : एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ।

यससँगै यी क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकहरूले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्डबाट फाइदा लिन सक्छन्।

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरुका फोरजी सेवामा थप सुधार गरेकोे हो।

मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवामा सुधार गरिएको छ, जसले ग्राहकहरूलाई थप सुधारिएको मोबाइल ब्रोडब्यान्ड र कनेक्टिभिटीको पहुँचबाट फाइदा लिन सजिलो बनाएको छ।

फोरजी सेवामा सुधार भएका क्षेत्रहरुमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरू रहेका छन्।

त्यसैगरी ग्राहकले अब गण्डकी प्रदेशको आँबूखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्कबाट फाइदा लिन सक्छन्।

देशका अन्य स्थानहरूमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको छ। हालैमात्र एनसेलले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा विभिन्न स्थानहरुमा फोरजी सेवा सुधार गरेको थियो। 

माघ २७, २०८० शनिबार ०८:२०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।