काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज चार घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

टेकु सवस्टेशनमा हाल चालु रहेको ६६ केभी जीआईएस हटाई उक्त ठाउँमा नयाँ ६६ केभी जीआईएस जडान गर्न हाल चालु अवस्थामा रहेको १३२/११ केभी, ४५ एमभी ए ट्रान्सफरमर-२ सटडाउन गर्नुपर्ने भएकाले उपत्यकाका विभिन्न स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको हो।

उक्त कार्य गर्दा टेकु सवस्टेशन तथा सोसँग सम्बन्धित स्वीचिङ स्टेशनहरूबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, कीर्तिपुर तथा पुल्चोक वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुन लागेको प्राधिकरणले एक सूचनाबाट जानकारी दियो।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्तिको प्रयास गर्ने र सकेसम्म कम प्रभावित हुनेगरि सबै फिडरमा नियमित विद्युत आपूर्तिको प्रयास गर्नेसमेत जनाएको छ।

निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने भन्दै प्राधिकरणले असूविधाका लागि ग्राहकसँग क्षमासमेत मागेको छ।

माघ २७, २०८० शनिबार ०८:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।