नमस्ते सहकारी ठगेर कतार पुगेका सिजापति पक्राउ परे

नमस्ते सहकारी ठगेर कतार पुगेका सिजापति पक्राउ परे

काठमाडौँ :  नमस्ते सहकारीको ठगीमा संलग्न रहेर कतार भागेका प्रबन्धक गणेश सिजापति पक्राउ परेका छन्। उनलाई कतार प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको हो।

काठमाडौँको तीनकुनेमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सिजापति सहकारी ठगेर भागेपछि प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गराएको थियो।

बाँकेको नेपालगन्ज घर भएका उनी सहकारी ठगा जोडिएपछि भागेका थिए। इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

माघ २६, २०८० शुक्रबार १८:५६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।