स्वास्थ्य संस्थाजन्य फोहोर आफैँ व्यवस्थापन गर्न महानगरको उर्दी

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर आफैँ व्यवस्थापन गर्न निर्देशन दिएको छ।
शुक्रबार सार्वजनिक सूचना निकालेर महानगरले काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २० उपदफा (२) बमोजिम यस्तो निर्देशन दिएको हो।
सोही ऐनको दफा ५१ र ५२ मा ऐनमा लेखिएको विपरीत कार्य गरेमा कसुर तथा जरिवानाको व्यवस्था रहेको स्मरण गराउँदै महानगरले पालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरूले सोही बमोजिम आफ्नो स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन गर्न भनेको छ।
सूचना विपरीत प्रतिकुल कार्य गरेको पाइए कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत महानगरले दिएको छ।
माघ २६, २०८० शुक्रबार ०८:११:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।