माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ।

बैठक आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने महासचिव देव गुरुङले जानकारी दिए।

बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ। पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो।

विधान संशोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संशोधन गर्ने प्रस्ताव गरेको थियो।

ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिने भनिएको थियो। सोही सुझाबबारे निर्णय गर्न आज स्थायी कमिटीको बैठक राखिएको हो।

स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

माघ २६, २०८० शुक्रबार ०७:५३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।