दयारानीको प्रिमियरमा निर्देशक गुरुङलाई पैसोको ओइरो, दयाहाङ नआउँदा हल्का खल्लो

दयारानीको प्रिमियरमा निर्देशक गुरुङलाई पैसोको ओइरो, दयाहाङ नआउँदा हल्का खल्लो

काठमाडौँ : शुक्रवारबाट रिलिज हुने फिल्म ‘दयारानी’को प्रिमियरमा अरू फिल्मको भन्दा भिन्दै माहौल थियो। बिहीबार साँझ ५ बजेको प्रिमियरको निम्तो भएता पनि साँढे ६ बजेतिर मात्र कार्यक्रम  सुरु भयो।

फिल्म सुरु हुनु भन्दा अघिको समय उपस्थित पाहुनालाई गुरुङ समुदायको  नाचबाट मनोरञ्जन गराइयो, त्यो पनि हलभन्दा बाहिर। कास्की जिल्लाकै गुरुङ समुदायको कथामा आधारित फिल्म बनाएका निर्देशक तथा लेखक माओत्से गुरुङले निकै रमाइलो माहौल बनाएका थिए प्रिमियरमा।

फिल्मको प्रिमियर सुरु हुनुभन्दा अघि  कलाकार र निर्माताको परिचयात्मक कार्यक्रममा राखियो।। त्योबेला गुरुङ समुदायका विभिन्न संस्थाले निर्देशक गुरुङलाई खादा र पैसाको सगुनले सम्मान गरे।

उनको कानमाथि पैसाले भरियो। हलमा उपस्थित भएकाहरूले माओत्सेलाई आधा लगानी त आजै उठ्ला जस्तो छ है भनेपछि हलमा हाँसोको माहौल बनेको थियो।

फिल्मको प्रिमियरसँगै अभिनेत्री दिया पुनलाई शुभकामना दिन अभिनेत्री केकी अधिकारी,प्रियङ्का कार्की,उषा रजक,अभिनेता दिलीप रायमाझी,निर्देशक नबल नेपाल लगायत पुगेका थिए।

उनीहरूले फिल्मको तारिफ गर्दै सन्देश मूलक रहेको बताए। फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई भने प्रिमियरमा पनि आएनन्। उनी फिल्मको सुटिङमा व्यस्त भएकोले आउन नपाएको निर्माणपक्षले जानकारी दियो। फिल्मका अरू कलाकार उपस्थित भए पनि मुख्य कलाकार नहुँदा प्रिमियर भने खल्लो भएको थियो।

माघ २६, २०८० शुक्रबार ००:१६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।