मोहन बस्नेतको नयाँ रेकर्ड, मन्त्रीको हैसियतमा अख्तियार पुगेर भ्रष्टाचारमा बयान

मोहन बस्नेतको नयाँ रेकर्ड, मन्त्रीको हैसियतमा अख्तियार पुगेर भ्रष्टाचारमा बयान

काठमाडौँ : टेरामक्स खरिद प्रकरणको अनुसन्धानको दायरामा रहेका स्वास्थ्यमन्त्री मोहन बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर बयान दिएका छन्।

बयानका लागि अटेर गर्दै आएका बस्नेत बिहीबार अबेर अख्तियार पुगेर बयान दिएर फर्किएका हुन्। उनी सञ्चारमन्त्री भएको बेलामा खरिद प्रक्रिया अगाडि बढेर पछि किनिएको भएको टेरामक्स खरिद प्रकरणमा भएको अनियमितताबारे आयोगले अनुसन्धान गरिरहेको छ।

मन्त्री पदमा बहालै रहेको बेलामा भ्रष्टाचारको अनुसन्धानमा तानिएर अख्तियार गएर बयान दिनेमा बस्नेत दुर्लभ सूचीमा परेका छन्।

टेरामक्स प्रकरणमा बहालवाला मुख्यसचिवदेखि कांग्रेस सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसम्म तानिएका छन्। टेरामक्स खरिद भ्रष्टाचारमा तानिएका मन्त्री बस्नेतको स्वास्थ्यमन्त्रीको कार्यकालमा भइरहेका अधिकांश स्वास्थ्य उपकरण खरिद प्रक्रिया समेत विवादित छन्। अधिकांश खरिद मिलेमतोमा भइरहेका छन्। उनले सिन्धुपाल्चोकको समूह परिचालन गरेर स्वास्थ्यका सामान आपूर्तीकर्ताहरुसँगको मिलेमतोमा सामान खरिद प्रक्रिया तीव्र बनाइरहेका छन्।

माघ २५, २०८० बिहीबार २३:११:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।