नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरू सार्वजनिक हुँदै, यस्ता छन् विशेषता
काठमाडौं : शशिला मोटर्स् प्रालि र इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपालमा सार्वजनिक हुने भएको छ।
यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए।
उलिङ्ग इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख किलोमिटर सम्मको वारेन्टी भएको, ४१.८७ किलोवाट आवर ब्याट्री, कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक, सिङ्गल चार्जमा ३०० किलोमिटर रेञ्ज रहेको छ।
त्यस्तै, ११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट, ४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउसहित आन्तरिक सजावट लगायतका विशेषता भ्यानमा रहेको कम्पनीले जनाएको छ।
वातावरणमैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका सहज मानिने मिनि भ्यान तथा इभी भ्यानहरू ग्राहकको रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ।
माघ २५, २०८० बिहीबार २०:२३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।