क्यानडामाथि नेपालको रोमाञ्चक जित, बलिङमा पौडेल र ब्याटिङमा भुर्तेलको उत्कृष्ट प्रदर्शन
काठमाडौं : क्यानडा विरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित निकालेको छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकेट गुमाएर २२४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रनमात्र बनाउन सक्यो।
नेपालका कप्तान रोहित पौडेलले ४, ललित नारायण राजवंशीले २, सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक/एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे।
त्यस्तै, आसिफ शेख र कप्तान रोहितकुमार पौडल समान आठ रनमा आउट भए। भीम सार्की र कुशल मल्ल र सोमपाल कामीले क्रमशः १७, २० र २७ रन बनाए।
आरिफ शेखले ३८ रनको योगदान गरे।
अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। क्याडनाका उदय भगवानले ३ विकेट लिए।
इश्वर सोधी र साद विन जाफरले २–२ विकेट झारे।
यससँगै नेपालले शृंखलामा क्यानडाविरुद्ध १–० को अग्रता लिएको छ। शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमै हुनेछ।
माघ २५, २०८० बिहीबार १७:४०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।