बिहीबार सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब माथि

बिहीबार सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब माथि

काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो ३ दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक बिहिबार ५ दशमलव ६८ अंकले बढेर २ हजार ९७ दशमलव ३२ विन्दुमा पुगि बन्द भएको छ।

बुधबार नेप्से परिसूचक ४ दशमलव ९२ अंकले बढेर २ हजार ९० दशमलव ६४ विन्दुमा पुगि बन्द भएको थियो।

यस दिन कारोबार रकममा पनि सुधार आएको छ। बुधबार कारोबार रकम २ अर्ब ८४ करोड २० लाख बढी भएकोमा यस दिन ३ अर्ब २१ करोड २२ लाख बढीको कारोबार भएको छ।

यस दिन कारोबारमा आएको ३ सय १७ कम्पनीहरू मध्ये १५७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। त्यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ।

बिहीबार सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा समाज लघुवित्त वित्तीय संस्था छ। यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक कित्ताको ९२३ रूपैयाँ पुगेको छ। यस कम्पनीको आज मात्रै प्रतिकित्ता ८३ रूपैयाँले बढेको हो।

त्यस्तै, बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनीको ९.९९ प्रतिशत, त्रिशुली जलविद्युत आयोजनाको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको हो।

यस दिन कारोबारमा आएको कम्पनीमध्ये सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को ९.९७ प्रतिशतले गिरावट आएको छ। 

सेयर मूल्य घट्नेमा आर.बी.बी छ। यस कम्पनीको ५.५३ प्रतिशतले गिरावट आएको हो।

यस दिन हिमालय रि-इन्स्योरेन्सको १८ करोड ८७ लाख ९० हजार बढीको सेयर खरिदबिक्री भएको छ।

त्यस्तै, चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख ५२ हजार बढीको सेयर खरिदबिक्री भएको छ।

माघ २५, २०८० बिहीबार १६:४४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।