क्यानडाविरुद्ध नेपालको राम्रो सुरुवात, पहिलो पावर प्लेमा बन्यो ५३ रन
काठमाडौं : क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले पहिलो पावर प्लेमा राम्रो प्रदर्शन गरेको छ।
१० ओभरको समाप्तीमा नेपालले पहिलो विकेट गुमाएर ५३ रन बनाएको छ। जसमा कुशल भुर्तेलले ३२ बलमा ३६ रन बनाउँदा ओपनर आशिफ शेख २४ बलमा आठ रन बनाएर आउट भए।
क्यानडाका उदय भगवनले एक विकेट लिए। अहिले क्रिजमा कुशल भुर्तेल र कप्तान रोहित पौडेल छन्।
नेपालले क्यानडासँग शनिबार र सोमबार गरी तीनवटा एक दिवसीय खेल खेल्नेछ। आईसीसी विश्वकप लिग–२ को तयारीस्वरुप नेपालले यो खेल खेलिरहेको हो।
माघ २५, २०८० बिहीबार १०:१९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।