क्यानडाविरुद्ध नेपालले टस जित्यो, दुई खेलाडीले डेब्यु गर्दै
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध बिहीबार सुरू भएको ओडीआई सिरिजको पहिलो खेलमा टस जितेको छ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।
आजको खेलमा दुई खेलाडीले डेब्यु गर्दैछन्। रिजन ढकाल र सूर्य तामाङले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्न लागेका हुन्।
पवन सर्राफले सिनियर टोलीमा पुनरागमन गर्दै प्लेइङ-११ मा स्थान बनाएका छन्।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी, सोमपाल कामी
माघ २५, २०८० बिहीबार ०९:१८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।