अछाममा आगलागी हुँदा तीन र छ वर्षका दुई बालबालिकाको मृत्यु

अछाममा आगलागी हुँदा तीन र छ वर्षका दुई बालबालिकाको मृत्यु
सांकेतिक तस्बिर

कैलाली : अछाममा आगलागी हुँदा दुई बालबालिकको मृत्यु भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका-३ ठाँटी दर्बा को गैरामा साँझ आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रहरीका अनुसार घर नजिकै बालेको आगो गोठमा सल्किँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको मृत्यु भएको हो।

प्रहरी घटनास्थलमा खटिएको र आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

उनका अनुसार क्षतिको पूर्ण विवरण संकलन गर्नै बाँकी छ।

माघ २५, २०८० बिहीबार ०९:०१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।