पाकिस्तानमा आज आम निर्वाचन, फेरि प्रधानमन्त्री बन्ने सरिफको दाउ

पाकिस्तानमा आज आम निर्वाचन, फेरि प्रधानमन्त्री बन्ने सरिफको दाउ

इस्लामाबाद : पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ। मतदान विहान आठ बजेदेखि साँझ पाँच बजेसम्म चल्नेछ।

१२ करोड ८५ लाखभन्दा बढी मतदाता रहेको पाकिस्तानमा ३३६ सदस्यीय तल्लो सदन नेसनल एसेम्बलीमा २६६ जना प्रत्यक्ष निर्वाचित हुँदैछन्।

पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल परेपछि त्यहाँ निर्वाचन एकतर्फी हुने अनुमान गरिएको छ। यद्यपि इमरान खानको दबदबा अझै कायमै छ।

निर्वाचनपछि पूर्वप्रधानमन्त्री नवाज सरिफ फेरि प्रधानमन्त्री बन्ने देखिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ। पाकिस्तानमा सत्तामा पुग्नका लागि जनता भन्दा पनि सेनालाई रिझाउनुपर्ने अवस्था रहेको विश्लेषकहरू बताउँछन्।

चार प्रदेश सभाका लागि १२ हजार १२३ पुरुष, ५७० महिला र दुई तेस्रोलिङ्गी गरी १२ हजार ६ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

देशका चारवटै प्रान्तमा गरी ९० हजार ६७५ मतदान केन्द्रको स्थापना गरिएको छ, जसमा पुरुषका लागि २५ हजार ३२०, महिलाका लागि २३ हजार ९५२ र अन्य ४१ हजार ४०३ मिश्रित मतदान केन्द्र रहेका छन्।

निर्वाचनको अघिल्लो दिन त्यहाँ भएको विस्फोटमा २८ जनाको मृत्यु भएको छ। दुई अघि मात्र उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एउटा प्रहरी चौकीमा भएको आतंककारी आक्रमणमा कम्तिमा १० प्रहरी जवान मारिएका थिए।

माघ २५, २०८० बिहीबार ०८:२२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।