मृत्युदण्डको सजाय खारेज गर्ने जिम्बावे सरकारको निर्णय

मृत्युदण्डको सजाय खारेज गर्ने जिम्बावे सरकारको निर्णय

एजेन्सी : जिम्बावेमा मृत्युदण्डको सजाय खारेज गरिएको छ।

देशव्यापी छलफलपछि मृत्युदण्डको सजाय खारेज गर्ने निर्णय गरिएको सूचनामन्त्री जेनफान मुस्वेरले जानकारी दिए।

जिम्बावेमा विगत २० वर्षमा कसैलाई पनि फाँसी दिइएको छैन।

यो निर्णयपछि अब त्यस्ता कैदीको सजाय प्राविधिक रुपमा जन्मकैदमा परिणत हुने विश्वास गरिएको छ। तर, सरकारले मृत्युदण्डसम्बन्धी कानुनमा यी परिमार्जन कहिलेदेखि लागू हुने भन्नेबारे कुनै घोषणा गरेको छैन।

जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनानगाग्वा मृत्युदण्डको कडा विरोध गर्दै आएका थिए।

६० को दशकमा देशको स्वतन्त्रता संग्राममा उनलाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो। तर पछि उनको सजाय घटाइएको थियो।

जिम्बाब्वेको स्वतन्त्रता संग्रामका क्रममा इमर्सन मनंगाग्वालाई रेलमा बम विष्फोट गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको थियो।

माघ २५, २०८० बिहीबार ०७:०५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।