काेशी र गण्डकीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काेशी र गण्डकीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : देशका पहाडी भूभागमा आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

विभागले राति कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ २५, २०८० बिहीबार ०६:४९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।