ग्राहकलाई डबल डेटा बोनस दिन एनसेलले ल्यायो डबल मजा प्याकेज
काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ‘डबल मजा प्याक’ अफर सार्वजनिक गरेको छ। कम्पनीले डबल मजा अफरका तीन प्याक पुनः सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार यो अफरमा ग्राहकले ७ दिन समयसीमा रहेको कर सहित १ सय ५० मा ५ जीबी डेटा वा दुई सयमा ८ जीबी डेटा र ८ सय ८८ मा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्नेछन्।
आफूले किनेको प्याकको समयावधि नसकिँदै अर्को प्याकेज किन्दा हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरूप पाउने एनसेलले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
‘यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरेको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रूपमा प्राप्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
थप परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा दिइने कम्पनीले जानकारी दिएको छ।
७ दिन समयावधि भएका १ सय ५० र २ सयका डबल मजा प्याकमा पाइने बोनसको सञ्चित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिने र ८ सय ८८ को प्याकमा पाइने सञ्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिने विज्ञप्तिमा उल्लेख छ।
एनसेलले कर सहित २ सय २० मा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक ल्याएको जानकारी समेत दिएको छ। यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १ सय मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवा पाउनसक्ने कम्पनीले जानकारी दिएको छ।
माघ २४, २०८० बुधबार १८:३१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।