सर्वोच्चमा गिरिबन्धुको सुनुवाइ सकियो, आजै फैसलाको तयारी

सर्वोच्चमा गिरिबन्धुको सुनुवाइ सकियो, आजै फैसलाको तयारी

काठमाडौँ :  झापामा रहेको गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी विवादबारे सर्वोच्चमा जारी सुनुवाइ सकिएको छ। अदालतमा बुधवार संवैधानिक इजलासमा अन्तिम सुनुवाइ भएको थियो।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसहित न्यायाधीश ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान र दुष्मालता माथेमाको बेञ्चले सुनुवाइ सकेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गिरीबन्धु टी स्टेटको चिया बगान सार्न कानुन बनाएर अनुमति दिएको थियो। सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा रिट परेपछि रिटले संवैधानिक पक्ष उठाएको भन्दै संवैधानिक इजलासमा सुनुवाइका लागि पठाएको थियो।

माघ २४, २०८० बुधबार १७:०१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।