नेप्सेको अंकमा सामान्य सुधार,४.९२ अंकले बढेर बन्द
काठमाडौं : नेप्से परिसूचक झिनो अंकले सुधार देखिएको छ। बुधबार नेप्से ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा पुगेको छ।
आज ३१३ धितोपत्रको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर दुई अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रूपैयाँमा किनबेच भएको छ।
१३ उपसमूहमध्ये सात वटाको समूहगत सूचक बढेको छ। ६ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र इस्टन हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।
९.५ प्रतिशत एनसीसी डिभेन्चरको सेयर मूल्य ५.२५ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको ४.८७ प्रतिशतले घटेको छ।
माघ २४, २०८० बुधबार १६:२७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।