लोसपा सांसदको आक्रोश- 'अदालतले लक्ष्मी कोइरीलाई सफाइ दिइएको बारे कानुनी उपचारमा जान्छौँ'

लोसपा सांसदको आक्रोश- 'अदालतले लक्ष्मी कोइरीलाई सफाइ दिइएको बारे कानुनी उपचारमा जान्छौँ'

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिने महोत्तरी जिल्ला अदालतको फैसलामाथि प्रश्न उठाएको छ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलीय आधारमा बोलेको लोसपा सांसद सर्वेन्द्रनाथ शुक्लले जिल्ला अदालतको फैसलाका कारण न्यायालयप्रति जनताको विश्वासमा संकट आएको बताए।

'महोत्तरी जिल्लामा भएको एउटा फैसलाले सम्पूर्ण न्यायप्रेमी जनताको अदालतप्रतिको विश्वासमा संकट ल्याएको छ,' शुक्लले भने, 'सामान्य तारिखमा छुटेको व्यक्तिलाई जन्मकैदको फैसला भएको छ। पक्राउ पुर्जी छल्नेलाई सफाइ भएको छ।'

उनले यसबारे आफूले कानुनी उपचार खोज्ने बताए।

'हामी त त्यसको कानुनी उपचारमा जान्छौँ। तर, न्यायालयको विश्वास फर्कला?', सांसद शुक्लले भने।

माघ २४, २०८० बुधबार १४:३२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।