भ्यालेन्टाइन नजिकिँदै गर्दा क्लोजअप नेपालले ल्यायो ‘नजिक आउ’ डिजिटल अभियान
काठमाडौं : क्लोजअप नेपालले भ्यालेन्टाइनको अवसरमा आफ्नो ‘#najikaau/#नजिकआउ’ डिजिटल अभियानलाई निरन्तरता दिएको छ।
अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा बदल्न प्रोत्साहन गर्नु रहेको कम्पनीले जनाएको छ। एक ओरल केयर ब्राण्डको रूपमा स्थापित क्लोजअपले हर व्यक्तिलाई आत्मविश्वासका साथ फर्स्ट मुभ चाली आफ्नो प्रियजन सँग नजिक हुन सधैँ प्रेरित गर्दै आएको कम्पनीको दाबी छ।
अभियानले एक चार कथाको वेब सिरिजको सुरुवात गर्दै कथा अगाडि बढाउनको लागि दर्शकको सहयोगसमेत मागेको छ। दर्शकले कमेन्टमार्फत आफ्ना सुझाव दिन सक्नेछन्।
साथै क्लोजअप नेपालले एक वेसाइट www.closeupnajikaau.com पनि ल्याएको छ, जसमा सहभागीहरूले दैनिक क्विज खेलेर आफ्नो विशेष कोहीलाई लभ नोट्स लेख्न सक्छन्।
चयन गरिएका उत्कृष्ट १०० लभ नोट्सहरू नेपालभरीका प्रमुख बिलबोर्डहरूमा प्रदर्शन हुने र तीन भाग्यशाली सहभागीले काठमाडौँ उपत्यकाको ५ तारे होटलमा आफ्नो प्रियजनसँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभवसहित क्लोजअपबाट आकर्षक उपहारहरू जित्नेछन्।
माघ २४, २०८० बुधबार १३:४२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।