नागरिकले रत्नपार्कमा उभिएर सरकारलाई औँला तेर्स्याउन पाउनुपर्छ : गगन थापा

नागरिकले रत्नपार्कमा उभिएर सरकारलाई औँला तेर्स्याउन पाउनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकले रत्नपार्कमा उभिएर सरकारलाई औंला ठड्याउन पाउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले पछिल्लो समय नागरिकले असहमति राख्ने नपाउँदा प्रजातन्त्रको सबैभन्दा सुन्दर पक्षसमेत खुम्चिँदै जाने बताए।

‘प्रजातन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको असहमति राख्न पाउने हो, आफ्नो फरक मत राख्न पाउने हो,’ उनले भने, ‘हामी कतिपय ठाउँमा अनुदार हुँदै गर्दा त्यसको सिको प्रदेश र केन्द्रीय सरकारले गरिरहेका छन्।’

सरकारले अनुदारवादी चरित्र देखाउँदा नागरिकमा आक्रोश पैदा हुने र त्यसको प्रभाव सिंगो प्रणालीले  थेग्नुपर्ने अवस्था आउने र त्यो समयमा धेरै ढिला भइसक्ने उनको भनाइ छ।

उनले भने, ‘संसदमा हामीले सरकारलाई औंला तेर्स्याउन पाएजस्तै नागरिकले पनि रत्नपार्कमा बसेर सरकारलाई औंला तेर्स्याउन पाउनुपर्छ, चाहे त्यो स्थानीय सरकार होस्, चाहे संघको सरकार होस्।’

माघ २४, २०८० बुधबार १२:१८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।