जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारीको रकम ठग्नेले उन्मुक्ति पाउनुहुँदैन : गगन थापा

जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारीको रकम ठग्नेले उन्मुक्ति पाउनुहुँदैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारी जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारीको रकम ठग्नेलाई कारबाही हुनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका सांसद थापाले राजनीतिक र आर्थिक हैसियतका आधारमा कसैले पनि उन्मुक्ति पाउन नहुने बताए।

उनले भने, ‘सरकारी जग्गा हडप्ने होस्, नागरिकता कीर्ते गर्ने होस् वा सहकारीमा ठग्ने होस्, यताको होस् उताको होस्, जुसनुकै दलको होस्, दलभन्दा बाहिरको होस्, जतिसुकै शक्तिशाली होस्, कसैले उन्मुक्ति पाउनुहुँदैन।’

कानुन सबैलाई बराबरी हुने भएकाले सरकारले विश्वास आर्जन गर्न हैसियतका आधारमा सरकार पक्षपाती हुन नहुनेमा जोड दिए।

उनले थपे, ‘एउटा सर्वसाधारण नागरिकले जे गर्दा दण्ड पाउँछ शक्तिशालीलाई पनि त्यो कानुन त्यसरी नै लागू हुनुपर्छ। नेपाल सरकारले यसरी बाटो समात्दै गयो भने विश्वासको आर्जन गर्नसक्छ।’

माघ २४, २०८० बुधबार १२:०६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।