सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन मोदीको माग

सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन मोदीको माग

काठमाडौं : माओवादी केन्द्रका सांंसद अमनलाल मोदीले देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले लाखौं जनताले खाइनखाई गरेर बचत गरेको पैसाको दुरुपयोग भइरहेको अवस्थामा सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए।

‘देशैभरि लाखौं जनताले खाइनखाई गरेर बचत गरेको पैसा दुरुपयोग भइरहेको छ। ती पैसा न जनताले फिर्ता पाएका छन्, न सम्बन्धित मानिसले कारबाही भोगेका छन्’, मोदीले भने।

उनले थपे, ‘म विशेष अनुरोध गर्न चाहन्छु। देशैभरको सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउनुपर्यो र त्यसमा रहेका कमीकमजोरी छानबिन गरी जनताको पैसा फिर्ता गर्नुपर्छ।’

माघ २४, २०८० बुधबार ११:५५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।