‘अहिलेजस्तो नालायक, गतिहीन र जवाफदेहीताविहीन सरकार इतिहासमा कहिल्यै थिएन’

‘अहिलेजस्तो नालायक, गतिहीन र जवाफदेहीताविहीन सरकार इतिहासमा कहिल्यै थिएन’
फाइल तस्बिर

काठमाडौं : एमाले सांसद गोकुल बास्कोटाले आफ्नो क्षेत्रमा बाटो नबनेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बास्कोटाले पाँचखाल र नगरकोट सडक नबनेको प्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

काभ्रे जिल्लाका किसानले दूध बेचेको पैसा नपाएको भन्दै कहिले रकम पाउँछन् भनेर समेत सरकारसँग प्रश्न गरेका छन्।

बास्कोटाले सरकारको कान र आँखा नभएको भन्दै अहिलेसम्मको नालायक, गतिहीन र जवाफदेहीताविहीन सरकार इतिहासमा कहिल्यै नभएको बताए।

‘प्रधानमन्त्रीज्यू भन्नुहुन्छ रामराज्य आइसक्यो, यहि हो रामराज्य?’, उनले आक्रोशित हुँदै भने, ‘यो भन्दा नालायक, गतिहीन र जवाफदेहीताविहीन सरकार इतिहासमा कहिल्यै थिएन, जसको न कान छ न आँखा छ। कहिले सुन्छ सरकारले?’

माघ २४, २०८० बुधबार ११:३२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।