‘बालकुमारीमा गाडी जलेपछि गोली चल्यो कि गोली चलेपछि गाडी जल्यो?’

‘बालकुमारीमा गाडी जलेपछि गोली चल्यो कि गोली चलेपछि गाडी जल्यो?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले बालकुमारी र सर्लाहीमा भएको घटनाको छानविनको विषयमा प्रश्न उठाएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहले दुई घटनामा बितेका तीन जनाको परिवारलाई सरकारले दिने भनेको राहत रकम र रोजगार पनि नपाएको बताए।

छानविन आयोगको गठन भएपनि अहिलेसम्म मौन बसेको भन्दै उनले बालकुमारीमा गाडी जलेपछि गोली चल्यो वा गोली चलेपछि गाडी जल्यो भन्ने उत्तर जवाफ आउनुपर्ने माग गरे।

बालकुमारीमा मारिएका एक मृतककी आमाले १४ दिनदेखि प्रधानमन्त्रीलाई भेट्न खोज्दा समय नदिएको विषयमा समेत उनले ध्यानाकर्षण गराएका छन्।

माघ २४, २०८० बुधबार ११:२३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।