होण्डाले ल्यायो बीएस६ प्रविधिको एसपी १२५ मोटरसाइकल, कति पर्छ मूल्य?

होण्डाले ल्यायो बीएस६ प्रविधिको एसपी १२५ मोटरसाइकल, कति पर्छ मूल्य?

काठमाडौं : होण्डा ब्राण्डले विभिन्न अत्याधुनिक प्रविधिहरू थप गरी होण्डा एसपी १२५ बीएस६ मोटरसाइकल सार्वजनिक गरेको छ।

बीएस६ प्रविधि भएकाले मोटरसाइकलले ग्राहकको दैनिकीलाई अझ बढी सहज, विश्वसनीय तथा भरोसायुक्त बनाउने नेपालका लागि आधिकारिक वितरक स्याकार टेडिङ्ग कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मोटरसाइकलमा रहेको आर्कषक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने तथा आधुनिक प्रविधिको एसीज स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सुक्ष्म मधुर आवाजमा रुपान्तरित गरिदिन्छ।

एलईडी हेडलाइट रहेको मोटरसाइकल ग्राहकको चाहना अनुसारको आर्कषक डिजाईन तथा रङ्गहरूमा उपलब्ध छ।

होण्डा शोरुम वा होण्डा नेपालको आधिकारिक वेवसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरि सीमित अवधिका लागि मोटरसाइकल दुई लाख ७८ हजार नौ सय रुपैयाँमा बुकिङ गर्न सकिनेछ।

माघ २४, २०८० बुधबार ०८:११:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।