दक्षिण कोरियामाथि शानदानर जित निकाल्दै जोर्डन एसियन कपको फाइनलमा

काठमाडौं : उपाधि दावेदार मानिएको दक्षिण कोरियामाथि शानदार जित निकाल्दै जोर्डन कतारमा जारी एसियन कपको फाइनलमा प्रवेश गरेको छ।
वरीयतामा निकै माथि रहेको दक्षिण कोरियामाथि २-० को जित निकाल्दै जोर्डन पहिलो पटक एसियन कपको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको हो।
खेलको ५३औं मिनेटमा अल नैमातले गोल गर्दै जोर्डनलाई अग्रता दिलाए। त्यसपछि पनि आक्रमक अन्दाजमा खेलेको जोर्डनका लागि खेलको ६६औं मिनेटमा अल तमारीले गोल गर्दै अग्रता दोब्बर बनाए।
जोर्डन र दक्षिण कोरिया एकै समूहमा रहेका थिए। सो समूहमा दक्षिण कोरिया दोस्रो र जोर्डन तेस्रो रहँदै अन्तिम १६ का लागि छनोट भएका थिए।
जोर्डनले अन्तिम १६ मा ईराक र क्वाटरफाइनलमा ताजिकिस्तानलाई हराउँदै पहिलो पटक सेमिफाइनलको जात्रा तय गरेको थियो।
जोर्डनले अब फाइनलमा कतार र इरानबीचको विजेताविरुद्ध उपाधिका लागि खेल्नेछ। फाइनल शनिबार हुनेछ।
माघ २४, २०८० बुधबार ०७:००:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।