‘नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय सम्बन्धन खारेज भएको गलत’

‘नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय सम्बन्धन खारेज भएको गलत’

काठमाडौँ : नेपाल रेडक्रसले अन्तर्राष्ट्रिय रेडक्रसको मान्यता कायमै रहेको दाबी गरेको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सदस्यता र अन्तर्राष्ट्रिय मान्यता ६० वर्ष पहिले नै प्राप्त गरेको र पछिल्लो समयमा यस सम्बन्धमा कुनै निर्णय नभएको दाबी गरियो।

नेपाल रेडक्रस सोसाइटीले जारी गरेको विज्ञप्तिमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सदस्य सोसाइटी रहेको र नेपालको कानुनअनुसार दर्ता भई मानवीय सेवा गतिविधिमा देशभरि संलग्न रहेको उल्लेख गरेको छ।

कार्यसमितिको २०८० साउन २ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सुदर्शनप्रसाद नेपालको नेतृत्वमा निर्वाचित समितिले नियमित गतिविधि गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ। सोसाइटीले लेखापरीक्षण, वार्षिक साधारण सभा, समाजकल्याण परिषद्को आबद्धता नवीकरण, वैदेशिक सहायताको स्वीकृति, स्थानीय तहको सिफारिस र संस्था नवीकरणको लागि पूरा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी संस्था दर्ता नवीकरण भइसकेको महामन्त्री भूपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

माघ २३, २०८० मंगलबार २०:५४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।