एभरेष्ट बैंकका ग्राहकले अब धनगढी नेत्रालयमा सेवा लिँदा १० प्रतिशत छुट पाउने
काठमाडौं : एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रालि धनगढीबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यो सँगै बैंकका ग्राहकलाई उक्त नेत्रालयको सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन्।
बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भइसकेको छ।
अब बैंकका ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चस्मा तथा फ्रेममा १०/५ सम्म र फार्मेसी तथा सर्जरीमा सेवामा ५५ सम्मको विशेष छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ।
अहिलेसम्म १४ लाख भन्दा बढी ग्राहक रहेका एभरेष्ट बैंकका देशैभरि १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ ए्टीएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।
माघ २३, २०८० मंगलबार १९:४८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।