ओमोडा ई-५ गाडी सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

ओमोडा ई-५ गाडी सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

काठमाडौं : एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई-५ गाडी नेपालमा सार्वजनिक गरेको छ।

ई-५ मा ६१ किलोवाट आवरको उर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्रीको कारण सिंगल चार्ज गर्दा ४३० किलोमिटरको रेन्ज प्रदान गर्छ।

गाडीमा ९९ किलोवाटको मोटर दिइएको कम्पनीले जनाएको छ।

ई -५ को लम्बाइ ४.४ मिटर छ भने यसमा २६३० एमएमको दिइएको ह्वीलवेसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ।

ओमोडाले ई-५ मा सुरक्षाको लागि ६ वटा एयरव्याग दिएको छ। कम्पनीका अनुसार एडास फिचर भित्र पर्ने १७ फिचर पनि ग्राहकले यसमा पाउने छन्।

ई-५ मा ३६० डिग्री क्यामेरा, ब्रेक एसिस्ट, हिल होल्ड एसिस्ट, लेन चेन्ज एसिस्ट, ट्राफिक जाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर छन्।

इन्टेरियर कलर टोनका सन्दर्भमा यो गाडी ब्ल्याक इन्टेरियर र ब्लु ह्वाइट स्टिट्चिङ इन्टेरियटर कलर टोनमा उपलब्ध छ भने बाहिरपट्टि ह्वाइट, ब्ल्याक, रेड, ब्लु, अक्वाटिक ग्रिन, ग्रे र सिल्भर कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

फास्ट चार्जर (८० किलोवाट चार्जर) मार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको भनाइ छ। ११ किलोवाटले भने यो गाडीलाई चार घण्टामा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ।

कम्पनीका अनुसार हरेक १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुनेछ। ई-फाइभमा उच्च गुणस्तरको एलईडी हेडलाइट रहेको छ भने टी आकारको डे टाइम रनिङ लाइट समावेश गरेको कम्पनीले जनाएको छ।

यसमा २४.६ इन्चको डुअल स्क्रिन छ।

यसका थप विशेषताहरूमा क्रोम सेप्डु डोर ह्यान्डल, सोनी स्पिकर, सिम्पल वुडग्रेन डिजाइन हुन्।

यसमा पाँच वटा सिट रहेका छन्। त्यस्तै, टर्क ३४० एनएम रहेको छ भने टप स्पिड १७२ किलोमिटर प्रति घण्टा रहेको छ। यसमा १८ इन्चको स्पोर्ट्स ह्विल छ भने १० वाट वाइन्ड रेसिस्टेन्स ह्विल रहेको छ।

कम्पनीले यसको मूल्य ५९ लाख ४९ हजार रूपैयाँ कायम गरेको छ।

माघ २३, २०८० मंगलबार १९:३३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।