नेप्से परिसूचक सामान्य अंकले वृद्धि, कारोबार रकममा पनि सुधार

काठमाडौँ : साताको तेस्रो दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।
मंगलबार बजार ७ दशमलव ६३ अंकले बढेर २ हजार ८३ दशमलव ९० विन्दु कायम भएको छ।
सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेर २ हजार ७६ दशमलव २७ विन्दु कायम भएको थियो। परिसूचक उकालो लागे पनि कारोबार रकम सोमबारको तुलनामा यस दिन सामान्य अंकले बढेको छ।
मंगलबार २ अर्ब ५९ करोड १५ लाख बढीको मात्रै कारोबार भएको छ। सोमबार २ अर्ब ४३ करोड ८ लाख बढीको कारोबार भएको थियो।
यस दिन कारोबारमा आएको २ सय ४७ कम्पनीमध्ये १ सय ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्य घटेको छ।
त्यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस दिन कारोबारमा आएको कम्पनीहरूमध्ये सबैभन्दा बढी समाज लघुवित्तको सेयर मूल्य बढेको हो। एकै दिन उक्त कम्पनीको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ। त्यस्तै, गुराँस लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्सको क्रमशः ९ दशमलव ४२ र ७ दशमलव ४० प्रतिशतले बढेको हो।
कारोबारमा आएको कम्पनीमा आज सबैभन्दा बढी घट्ने कम्पनीहरूमा साम्लिङ्ग पावर कम्पनीको हो। यस कम्पनीको १० प्रतिशतले घटेको छ।
त्यस्तै, सोमबार अन्तिम समयमा बढेको नेपाल दूरसञ्चार कम्पनी (एन.टी.सी) को आज सेयर मूल्य ओरालो लागेको छ। आज उक्त कम्पनीको सेयर मूल्य ५ दशमलव १० प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा आज हिमालय रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
त्यस्तै, माउन्टेन इनर्जी नेपालको १६ करोड ६५ लाख रूपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ।
माघ २३, २०८० मंगलबार १५:४६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।