शनिबार २० पुस, २०८१
६ महिनामा विदेश पढ्न जाने विद्यार्थीले लगे झन्डै ५९ अर्ब
काठमाडौं : नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि भएसँगै नेपाली मुद्रा पनि बाहिरिएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान वित्तीय तथा आर्थिक स्थिति’ अनुसार पढ्नका लागि बाहिरिनेको संख्यामा वृद्धि भएको हो। जसबाट ६ महिनाको अवधिमा झन्डै ५९ अर्ब समेत बाहिरिएको छ।
चालू आवको ६ महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ५८ अर्ब ९५ करोड लगेका छन्।
अघिल्लो वर्षको सोही अवधिमा ३५ अर्ब ३६ करोड रूपैयाँ बाहिरिएको थियो।
माघ २३, २०८० मंगलबार १५:३१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।