यमनको तटनजिकै अर्को व्यापारिक जहाजमाथि आक्रमण

यमनको तटनजिकै अर्को व्यापारिक जहाजमाथि आक्रमण

एजेन्सी : यमनको तटनजिकै अर्को व्यापारिक जहाजमा आक्रमण भएको छ।

त्यहाँको एउटा बेलायती कम्पनीको कार्गो जहाजमा ड्रोनले आक्रमण गरेको एक सुरक्षा फर्मले जनाएको छ।

जहाजमा सामान्य क्षतिको खबर पनि आए पनि जहाजले आफ्नो यात्रा जारी राखेको छ।

अर्को घटनाको सन्दर्भमा, अमेरिकी सेनाले आइतबार हुथी विद्रोहीहरूले प्रहार गरेका दुई ड्रोनको बिरूद्ध सुरक्षामा आक्रमण गरेको बताएको छ।

हुथी विद्रोहीहरूले यमन नजिकैबाट गुज्रिरहेका जहाजहरूलाई लगातार निशाना बनाएका छन्।

गाजामा इजरायलले गरेको कारबाहीको जवाफस्वरूप आफूले यी आक्रमणहरू गरिरहेको उनले बताए।

माघ २३, २०८० मंगलबार १३:०४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।