ओमोडा ई५ गाडी नेपाली बजारमा, मूल्य ५९ लाख

ओमोडा ई५ गाडी नेपाली बजारमा, मूल्य ५९ लाख

काठमाडौं : विद्युतीय सवारी साधनको माध्यमबाट दिगो विकासमा सहयोग पुर्यालउने प्रतिबद्धतालाई निरन्तरता दिँदै, एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई५ गाडी नेपालमा सार्वजनिक गरेको छ।

६१ किलोवाट आवरको ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री भएको गाडीले ४३० किलोमिटरको रेन्ज दिनेछ। ओमोडा ई५ गाडी फ्रन्ट-माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्युटनमिटर टर्क द्वारा सञ्चालित हुन्छ।

५९ लाख ४९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको गाडी अत्याधुनिक सुविधाले सुसज्जित रहेको कम्पनीले जनाएको छ। एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिन गाडीमा पाउन सकिन्छ।

गाडीमा भएको उन्नत ड्राइभर असिस्टेन्स सिस्टममध्ये लेन डिपार्चर वार्निङ रप्रिभेन्सन्, ब्लाइन्ड स्पट डिटेक्सन, इमरजेन्सी लेन किपिङ, रियर क्रस ट्राफिक एलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ र अटोनोमस इमरजेन्सि ब्रेकिङ, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा १७ वटा भन्दा बढी अन्य सुरक्षा सुविधा पनि गाडीमा छ।

यसको बाहिरी एक्स्टेरियरमा, एक्स-आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्र्ड मेट्रिक्स टेललाइट, टी-आकारको डेटाइम रनिङ हेडलाइटसहित अत्याधुनिक र मनमोहकडिजाइनद्वारा सुसज्जित छ।

भित्र इन्टेरियरमा, २५६ रङकोएम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटकोवायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू, ६ वटा एयरब्यागजस्ता सुविधा पाइन्छ।

यसको अर्को आकर्षण, २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ।

माघ २३, २०८० मंगलबार १२:२३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।