सोना अमात्यको गिरिश खतिवडा र बुलेट फ्लोसँगको सहकार्यले बन्यो  ‘आई एम द सुपरस्टार’

सोना अमात्यको गिरिश खतिवडा र बुलेट फ्लोसँगको सहकार्यले बन्यो  ‘आई एम द सुपरस्टार’

काठमाडौं : गायिका सोना अमात्यले र्यापर गिरिश खतिवडा र बुलेट फ्लोसँगको सहकार्यमा गीत ‘आइ एम द सुपरस्टार सार्वजनिक गरेकी छन्।

गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द तथा संगीत छ।

मुम्बईमा निर्देशक विशाल खरातको निर्देशन रहेको भिडियोमा सोना, गिरिश र बुलेट फ्लो फिचर्ड छन्।

आलोक शुक्लाले छायांकन गरेको भिडियोमा जन्मजात सुपरस्टार हुने सपनाको कथा छ।

सोना विशेषतः पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन्।

माघ २२, २०८० सोमबार २१:१८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।