टेरामक्स खरिद प्रकरणमा पत्रकारलाई पूर्वमन्त्री कार्कीको जवाफ- ‘तपाईँ आफैं अनुसन्धान गर्नुस्’

टेरामक्स खरिद प्रकरणमा पत्रकारलाई पूर्वमन्त्री कार्कीको जवाफ- ‘तपाईँ आफैं अनुसन्धान गर्नुस्’

काठमाडौं : नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार भएको भन्ने खाल्का समाचारहरू अफबाह भएको बताएका छन्।

टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा विभिन्न सञ्चारमाध्यममा सांसद कार्की फरार भन्ने जस्ता समाचार सार्वजनिक भएको बारे उनले यस्तो बताएका हुन्।

संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिएका उनले टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा उनको नाम जोडिएको सन्दर्भमा मिडियामा आएजस्तो फरार नभएको बताए।

उनले टेरामक्स खरिदमा भ्रष्टाचार भएको विषयमा आफूले अरू केही नबोल्ने भन्दै स्वस्थ पत्रकारिता गर्न पत्रकारलाई सुझाए। ‘मेरो यसमा कुनै प्रतिक्रिया छैन। अफबाहको भरमा नलागी तपाईँहरूलाई पनि स्वस्थ पत्रका रीता गर्न आग्रह गर्छु।’

टेरामक्स खरिदमा तपाईँको नाम किन जोडिएर अफबाह किन आयो भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वमन्त्री कार्कीले भने, ‘जानुस् तपाईँहरू अनुसन्धान गर्नुस्।’

पूर्व सञ्चारमन्त्री कार्कीको नाम जोडिएको टेरामक्स खरिद प्रकरणमा अर्बौँ रूपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ।

माघ २२, २०८० सोमबार २०:१६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।