‘फरार’ भनिएका सांसद कार्की संसद् भवनमा, भने 'स्वस्थ पत्रकारिता गर्नुस्’

‘फरार’ भनिएका सांसद कार्की संसद् भवनमा, भने 'स्वस्थ पत्रकारिता गर्नुस्’
फाइल तस्बिर

काठमाडौँ : टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानमा लागि खोजी गर्दा’फरार’ भएका भनिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद ज्ञानेन्द्रबहादुर कार्की सोमबारबाट सुरु भएको संसद् अधिवेशनमा भाग लिए।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका कार्कीसहित संलग्न रहेको भनिएको टेरामक्सबारे आयोग अनुसन्धानमै छ। वर्तमान स्वास्थ्यमन्त्री मोहन बस्नेत र कार्कीसँग आयोगले बयान लिन खोजेको तर दुवै ‘फरार’ भएको दाबी गर्दै समाचार सार्वजनिक भएका थिए।

फरार भनिएका सांसद संसद् भवन परिसरमा देखिएपछि सोमबार सञ्चारकर्मीहरूले घेर्ने नै भए। सञ्चारकर्मीहरूले फरार रहेकोबारे जिज्ञासा राखेपछि उनले त्यो सत्य नभएको भन्दै उल्टो स्वस्थ पत्रकारिता गर्न सुझाव दिएर हिँडे।

 उनले भने ‘यसमा कुनै सत्यता छैन। यसमा म अहिले केही बोल्दिनँ। स्वस्थ पत्रकारिता गर्नुस्।’ 

माघ २२, २०८० सोमबार १७:५७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।