‘सिटामोल’मा द्वन्द्वमा घाइतेको भूमिका निभाउँदै छन् सौगात, फस्टलुकमा यस्ती देखिइन् बेनिशा

‘सिटामोल’मा द्वन्द्वमा घाइतेको भूमिका निभाउँदै छन् सौगात, फस्टलुकमा यस्ती देखिइन् बेनिशा

काठमाडौं : नेपाली फिल्मको प्रचार फिल्म नबन्दै खेरि हुने गरेको छ।

कोही-कोही निर्माण टिमले फिल्मको सुटिङ सेटबाट फिल्मका कलाकारको गेटअप सार्वजनिक गर्दै आएका छन् भने कसैले सुटिङ हुँदै गर्दा चर्चा बटुल्नका ​​​​​​​लागि नयाँ टेकनिक अपनाउने गरेका छन्।

यही टेकनिक फिल्म ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’ लगायत फिल्म निर्देशक गरेका राजबहादुर सानेले गरेका छन्।

सिन्धुलीको विभिन्न स्थानमा खिचिरहेको फिल्म ‘सिटामोल’को पहिलो मुहार सार्वजनिक गरेका छन्।

एकसाता देखि सिन्धुली जिल्लाका विभिन्न स्थानमा छायांकन भइरहेको यो फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको पहिलो मुहार सार्वजनिक गरेका हुन्। जहाँ सौगातलाई सशस्त्र माओवादी जनयुद्धका घाइतेको भूमिकामा अभिनय गरिरहेको बुझ्न सकिन्छ। सौगातले एक हातले वैशाखी टेकेका छन् भने अर्को हातमा भाले बोकेका छन्।

उनीसँगै रहेकी बेनिशाले बच्चा बोकेकी छन्।

उनीहरूको भुमिका गाउँले रहेको छ। उनीहरूको गेटअप हेर्दा फिल्म ‘झ्यानाकुँटी’को जस्तै गाउँको कथामा फिल्म निर्माण भइरहेको अनुमान लगाउन सकिन्छ।

एकसाता अघिबाट सुटिङ थालेका निर्देशक राजबहादुर सानेले फिल्मको ५० प्रतिशत छायांकनको काम पूरा भइसकेको जानकारी दिएका छन्। यही रफ्तारमा काम भइरहे एक सातापछि फिल्मको सुटिङ सकिने उनले बताए।

फिल्ममा सौगात, बेनिशाका अलावा लोकेन्द्र लेखकको पनि अभिनय छ। बाबुल गिरीको संगीत रहेको रहने यस फिल्ममा दिव्य सुवेदीकी छायांकन छ। फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी छ।

फिल्मलाई निर्माण टिमले आगामी तीजको अवसर पारेर प्रदर्शन गर्ने सोच राखेको छ।

माघ २२, २०८० सोमबार १६:५४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।