ग्रामीमा गोल्डेन पारदर्शी पोसाकमा देखिइन् माइली साइरस, यस्तो छ टेलर स्विफ्टदेखि डुवा लिपासम्मको भावभङ्गी
एजेन्सी : २०२४ को प्रतिष्ठित ग्रामी रेड कार्पेटमा सेलिब्रिटीहरु विभिन्न भावभङ्गीमा देखिनु सामान्य नै हो। साङ्गीतिक क्षेत्रको प्रतिष्ठित कार्यक्रम मानिने ग्रामकी ६६ औँ शृङ्खला आइतबार भएको थियो। लस एन्जलसमा भएको रेड कार्पेटमा साङ्गीतिक क्षेत्रका सेलिब्रिटीहरु निकै रमाइरहेका थिए।
कार्यक्रममा टेलर स्विफट्देखि डुवा लिपासम्म सहभागी थिए। टेलर सेतो कलरको पोसाकमा देखिएकी थिइन्। डुवा सिल्भर कलरको पोसाकमा थिइन्।
माइली साइरस गोल्डेन पारदर्शी पोसाकमा थिइन्। कार्यक्रममा ओलिभिया रोड्रिगो, जेनेल मोना, हेल बेली लगायतका संगीतकर्मी सहभागी थिए।
माघ २२, २०८० सोमबार १५:३५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।