बाग्लुङमा १३ वर्षीय बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं : बागलुङमा १३ वर्षीय बालिकाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्।
काठेखोला गाउँपालिका–८, लेखानीका ४० वर्षीय होमबहादुर पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार हिजो बिहान उनलाई नियन्त्रणमा लिइएको हो।
काठेखोला–५, कर्लिमस्थित खाली घरमा बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ।
बलात्कारको उजुरीपछि प्रहरीचौकी धम्जाबिहुँबाट खटिएको टोलीले पुनलाई पक्राउ गरेको जनाइएको छ।
माघ २२, २०८० सोमबार १५:२०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।