क्रिकेट टिमको खेलाडी छनोट विवादमा, सौरभले लेखे- ‘मामा सेलेक्टर भएपछि यस्तै हो’
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको खेलाडी छनोट विवादमा परेको छ।
राष्ट्रिय क्रिकेट टिममा क्रिकेटर रिजन ढकालको चयनको विषयमा अर्का क्रिकेटर सौरभ खनालले प्रश्न उठाएपछि विवादमुक्त नभएको हो।
खनालले चयनकर्ता मामा भएकाले ढकाल राष्ट्रिय टिममा परेको आरोप लगाएका हुन्।
उनले क्यानले सार्वजनिक गरेको क्यानडाविरुद्धको खेलाडीको सूची र विश्वकप क्रिकेट लिग २ को लागि चयन भएको खेलाडीको सूची आफ्नो फेसबुक स्टोरीमा राखेका हुन्।
उनले लेखेका छन्, ‘जब तपाईंको मामा सेलेक्टर हुन्छ, .....सेलेक्टर साहब कुच भी।’
खनालले १९ वर्षमुनिको राष्ट्रिय टोलीको हिस्सा भइसकेका छन् भने रिजनले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेलेका थिए।
रिजनले प्रधानमन्त्री कपको नौ इनिङ खेलेकोमा २० रन र १५ विकेट लिएका थिए।
१९ वर्षमुनिको राष्ट्रिय टोलीको हिस्सा भइसकेका रिजन ढकाल बायाँहाते फास्ट बलर र दायाँहाते ब्याट्सम्यान हुन्।
माघ २२, २०८० सोमबार १३:०८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।