काठमाडौंको हावा मानव स्वास्थ्यका लागि अस्वस्थकर, रत्नपार्कको एक्यूआई १९९

काठमाडौंको हावा मानव स्वास्थ्यका लागि अस्वस्थकर, रत्नपार्कको एक्यूआई १९९

काठमाडौं : काठमाडौंको हावा स्वास्थ्यको लागि अस्वस्थकर भएको छ।

आकाशमा धुलो र प्रदूषणका कारण यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थकर रहेको वातवरण विभागले जनाएको छ।

विभागले काठमाडौंका विभिन्न स्थानमा राखेको हावाको गुणस्तर मापन गर्ने यन्त्रका अनुसार अहिले काठमाडौंको रत्नपार्कमा बहिरहेको हावा सबैभन्दा अस्वस्थकर छ।

संसारभर हावाको गुणस्तर छ वटा तहमा विभाजन गरिन्छ। ० देखि ५० एक्यूआई भएको हावा सबैभन्दा स्वस्थकर मानिन्छ भने ५१ देखि १०० एक्यूआई भएको हावा मध्यम, १०१ देखि १५० भएको हावा संवेदनशील व्यक्तिहरूको  समूहको लागि अस्वस्थकर मानिन्छ।

यस्तै, १५१ देखि २०० एक्यूआई भएको सबैका लागि अस्वस्थकर, २०१ देखि ३०० भएको एकदमै अस्वस्थकर र ३०१ भन्दा माथि पुगे खतरनाक मानिन्छ।

अहिले काठमाडौंको रत्नपार्कमा हावाको गुणस्तर १९९ आसपास रहेको विभागको वेबसाइटमा उल्लेख छ। यस्तै खुमलटारको १९०,  भैँसेपाटीको १८७ र भक्तपुरको १७८ छ।

विश्वस्तरमा कुरा गर्ने हो भने अहिले बंगलादेशको राजधानी ढाको हावाको गुणस्तर सबैभन्दा धेरै हानिकारक छ। त्यहाँको हावाको गुणस्तर ४०८ एक्यूआई हुँदा दोस्रो नम्बरमा घानाको एक्यूआई ३३२ छ।

माघ २२, २०८० सोमबार ०९:४५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।