माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं : सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ।

आज अपरान्हदेखि शुरू हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक बस्न लागेको हो।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा अबको केहीबेरमा शुरू हुने माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जानकारी दिए

उनका अनुसार हिउँदे अधिवेशनमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

माघ २२, २०८० सोमबार ०८:३१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।