आजको मौसम : यी छ प्रदेशमा छिटपुटदेखि हल्का वर्षा हुने

आजको मौसम : यी छ प्रदेशमा छिटपुटदेखि हल्का वर्षा हुने

काठमाडौं : कोशी, मधेश र बागमती प्रदेशमा अहिले बदली छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा पनि आंशिक बदली छ।

बाँकी भागको मौसम सामान्यतयातया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको अनुमान छ।

राति पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

माघ २२, २०८० सोमबार ०७:३७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।