देउवा पुत्र जयवीरको बिहेको निम्तो कार्डमा लेखियो- 'फूलमाला, खादा तथा उपहारको कष्ट नगरिदिनु होला'

देउवा पुत्र जयवीरको बिहेको निम्तो कार्डमा लेखियो- 'फूलमाला, खादा तथा उपहारको कष्ट नगरिदिनु होला'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजू राणा देउवाका पुत्र जयवीर देउवा आज विवाह बन्धनमा बाँधिँदै छन्।

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको विवाह समारोहका उपस्थित निम्तालुलाई उपहार ल्याउन निषेध गरिएको छ।

जयवीरको बिहेको निम्तो कार्डमा भनिएको छ, 'कृपया फूलमाला, खादा तथा उपहारको कष्ट नगरिदिनु होला।'

विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ।

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते आज भोजको आयोजना गरिएको छ। जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ। त्यसअघि आफन्त र निकटस्थहरूलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ।

जयवीरको कभर गायिका शिवाना श्रेष्ठसँग हुँदै छ। उनी पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। यी दुवै लामो समयदेखि प्रेम सम्बन्धमा छन्।

जेठ १९ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए।

माघ २१, २०८० आइतबार ११:३७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।