स्पेनिस लालिगा फुटबल : बार्सिलोनाले हरायो आल्भेजलाई

स्पेनिस लालिगा फुटबल : बार्सिलोनाले हरायो आल्भेजलाई

एजेन्सी : स्पेनिस लालिगा फुटबलअन्तर्गत शनिबार रातीको खेलमा बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ।

लिग तालिकामा तेस्रो स्थानमा रहेको बार्सिलोनाले १२ औँ स्थानमा रहेको आल्भेजलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, गुनडोगान र भिटोर रोकीले एक/एक गोल गरेका थिए भने आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काए।

खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७२ औँ मिनेटमा मैदान छोड्नुपर्यो।

यो जितपछि बार्सिलोना २३ खेलबाट ५० अंकसहित लिगमा तेस्रो स्थानमा उक्लिएको छ। आल्भेजले भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२ औँ स्थानमा छ।

२१ माघ, २०८०, १०:१३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।