माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक, यी हुन् एजेन्डा

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक, यी हुन् एजेन्डा

काठमाडौं : सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक सोमबारका लागि बोलाइएको छ।

सोमबारदेखि नै सुरू हुने संसद्को हिउँदे अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न त्यसअघि संसदीय दलको बैठक बोलाएको हो।

बैठक सोमबार बिहान ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने सांसद हितबहादुर तामाङले जानकारी दिए।

‘हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ। धेरै कानुनहरू बनाउनु पर्नेछ, त्यसको तयारी कसरी गर्ने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भने।

उनका अनुसार अन्य समसामयिक विषयमा समेत बैठकमा छलफल हुनेछ।

माघ २१, २०८० आइतबार ०९:२७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।