कार्यकाल नसकिँदै त्रिभुवन विमानस्थलका प्रमुख डीआईजी चन्दको राजीनामा

कार्यकाल नसकिँदै त्रिभुवन विमानस्थलका प्रमुख डीआईजी चन्दको राजीनामा

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले पदबाट राजीनामा दिएका छन्।

उनले गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए। उनको ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल थियो।

केही दिनअघि विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। यद्यपि, उक्त घटनाका कारण आफूल राजीनामा नदिएको उनले दाबी गरे।

उनले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।

विमानस्थलमा भिजिट भिसाको विषयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच अविश्वास बढिरहेका बेला डीआईजी चन्दको राजीनामा आएको हो।

माघ २०, २०८० शनिबार १६:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।